१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रहरीमा काज सरुवाको विगबिगी

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०७:४७

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एसपी रवीन्द्र केसीलाई काज सरुवा गरेको छ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा कार्यरत एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको छ ।

यस्तै विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ ।
यस्तै तीन जना डिएसपीको पनि काज सरुवा गरेर केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुषाल, अर्जुन केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत महेन्द्र खड्कालाई ब्यूराेमा सरुवा गरिएको हो ।