७ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लव सरकारविरुद्ध आक्रामक, नेपाल बन्दको घोषणा

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार १६:२६

सरकारको प्रतिबन्धमा परेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आगामी चैतभित्र प्रतिबन्ध नहटाएमा सरकारका कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैतभित्र प्रतिबन्ध नहटाए र शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।
विज्ञप्तिमा ओली नेतृत्वको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको दाबी गरिएको छ ।
विप्लवले हेमन्त प्रकाश ओलीसहितका आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै स्थायी समितिको निर्णयअनुसार चैत १६ गते नेपाल बन्दको आह्वान गरिएको पनि विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।