८ बैशाख २०८१, शनिबार
Follow Us

टीकाको उत्तम साइत बिहान ८ः ४५ बजे

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७३, सोमबार २३:३२

यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ । दसैँको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन् । रासस