१३ बैशाख २०८१, बिहीबार
Follow Us

पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७३, सोमबार २३:३६

कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने आइतबार घोषणा गर्नु भएको छ ।

सो पुरस्कारको रकम नौ लाख २५ हजार अमेरिकी डलर बराबरको रहेको छ ।

कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको कारण कोलम्बियामा लाखौंको सङ्ख्यामा द्वन्द्व पीडित भएका छन् ।

कोलोम्बियामा पाँच दशकसम्म जारी यस द्वन्द्वमा परी २ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी ४५ हजार बेपत्ता भएका छन्. । यस द्वन्द्वका कारण सात लाख व्यक्ति विस्थापित भएका छन्. ।

कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो यस बर्षको नोबेल शान्ति पुरस्कारबाट दिइएको छ ।

नर्वेको राजधानी ओस्लोमा रहेका नोवेल पुरस्कार छनोट समितिले गत शुक्रबार सो जानकारी दिएको थियो ।
रासस÷एएफपी