८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजाको सक्रियता बढ्दो, फेरि जिल्ला भ्रमणको कार्यक्रम सार्वजनिक

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७५, मंगलवार १७:०२

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । भ्रमणमा पूर्वरानी काेमलकाे पनि सहभागिता रहनेछ ।
शाहले आइतबार देखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ ।
भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको छ ।

यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।
राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि पोख्दै आएको ज्ञानेन्द्रले पछिल्लो समय आफ्नो गतिविधिलाई तीब्र पार्दै आएको छन।