१३ बैशाख २०८१, बिहीबार
Follow Us

गृह जिल्लामा बढी बजेट पार्न शीर्ष नेताकै दवाव, सबैभन्दा बढी बजेट पार्न केपी शर्मा ओलीको दबाब

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार ०१:३६

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएका छन् ।

प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ।