६ बैशाख २०८१, बिहीबार
Follow Us

५१ यात्रुलाई फिर्ता पठाएपछि विमानस्थलमा बबाल, निगमको खाली विमान दुबई उड्यो

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार ०२:२३

काठमाडौं–नेपाल वायु सेवा निगमको जहाजबाट दुबई जाने क्रममा रहको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरेको छ।
सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगेको भन्दै सोधपुछ शुरू गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएको थियो । सो पछि प्रहरीले उक्त घटनाका बारेमा छानविन शुरू गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्रीले उक्त घटनाका बारेमा अनुसन्धान शुरू गरिएको जानकारी दिए ।

भिजिट भिसामा दुबई पठाउन विभिन्न ट्राभल एजेन्सीले प्रतिव्यक्ति २ लाख ५० हजार रुपियाँ लिएर विमानस्थल पठाएको भए पनि सेटिङ नमिलेपछि उनीहरू फिर्ता भएको बताइएको छ।

नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालय र एजेन्टबीच सेटिङ भए पनि अध्यागमन कार्यालयका कर्मचारीबीच सेटिङ नमिलेपछि शुरूमा गएका ६ जना सुनील सेन, अनिल खड्का, विकास शाही, मिलन खड्का र टामस राईलाई फिर्ता पठाएपछि विमानस्थलमा रहेको नेपाल वायु सेवा निगमको काउन्टरले ५१ जनाको बोडिङ पास फिर्ता लिएर विमानलाई रित्तै दुबई उडाएको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।