१३ बैशाख २०८१, बिहीबार
Follow Us

चरेशसहित एक जना पक्राउ

sarusaru
१३ चैत्र २०७५, बुधबार ०२:३५

काठमाडौँ – नेपाल प्रहरीले दुई किलोग्राम अवैध लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले दुई किलोग्राम चरेशसहित भक्तपुर बस्ने मुगुका रुपबहादुर बुढालाई आज दिउँसो बुढानिलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले चरेश बेचविखनका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा बुढालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
रासस