१५ चैत्र २०८०, बिहीबार
Follow Us

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

sarusaru
१३ चैत्र २०७५, बुधबार ०२:४२

काठमाडौं । मंगलबार धादिङकाे चितवन र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीस्थित सडकमा बा २ ख ८३७१ नम्बरको माइक्रोबसले मंगलबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका सडक बिभागका कर्मचारी सोही गाउँपालिका ५ चरौदी बस्ने ४७ वर्षीय ठुलोबाबु सुबेदीको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको छ।

माइक्रोबस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै चितवनको खैरहनी नगरपालिका १ गणेशचोकस्थित सडकमा ना ४ ख ९९८१ नम्बरको ट्रकले ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका ८ बस्ने ३५ वर्षीय भोमबहादुर पुलामी मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरस्थित सडकमा से १ त ५०८७ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा मंगलबार बिहान ठोक्किएर गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय आनसिंह धामीको भतिज ७ वर्षीय हरिश धामीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल