६ बैशाख २०८१, बिहीबार
Follow Us

यस्तो रह्यो प्रचण्डको अमेरिका भ्रमण, उजुरीबारे के भने ?

sarusaru
१३ चैत्र २०७५, बुधबार ०७:५६

अमेरिका–पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आएका सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । उनी अमेरिका आएको १० दिनपछि सपरिवार नेपाल फर्केका हुन् । प्रचण्ड बिहीबार अपरान्ह काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने कार्यक्रम रहेको छ ।

प्रचण्डसँगै पत्नी सीता दाहाल,छोरी गंगा र ज्वाई जीवन आचार्य अमेरिका आएका थिए ।

निजी भ्रमण तथा पत्नीको उपचारका लागि आएको भएपनि प्रचण्डले केही भेटवार्ता र नेपाली समूहदासँग भेटवार्ता गरे ।
अमेरिका आउन साथ नेपालीले अमेरिकन सरकारलाई उजुरी गरेर सामाजिक संजाल मार्फत उनलाई विवादको भूमरीमा मुछियो । तर, उनलाई अमेरिकी सरकारले उच्च सम्मान दियो र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्षको हैसियतले नेपाली समुदायसंँ भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने समय मिलाए । उनले समय भ्याए सम्म सबैलाई भेट्ने मौका दिएका छन् भने अमेरिकाका विभिन्न राज्यबाट भेटघाट गर्न डिसी समेत आएका थिए ।
को–कोसँग भेटघाट गरे ?

प्रचण्डले नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी ,अमेरिकी विदेश मन्त्रालयकी दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्च ,मेरिल्याण्ड राज्यका ईतिहास रच्ने पहिलो नेपाली बिधान सभा सदस्य एचबी ह्यारी भण्डारीसँग पनि भेट गरेका छन् ।

यस्तै प्रचण्डलाई भेट्न क्यालिफोर्नियाका अवैतनिक महाबाणिज्य दूत ऋषि ढकालले पनि भेटे भने प्रचण्डले मेरिल्याण्ड र पेनसेल्भेनियाका लागि अवैतनिक महाबाणिज्य दूत प्रेमराजा महतद्वारा संचालित नेपाल हाउसको पनि अबलोकन गरे ।

सीता दाहालको उपचारमा के–के भयो ?

प्रारम्भिक चरणमा विश्वकै उत्कृष्ट अन्तरराष्ट्रिय अस्पताल जोन हप्किन्समा दाहालको स्वास्थ्य परीक्षण गरियो । अस्पताल नै भर्ना हुनु पर्ने अवस्था भने आएन । उपचार कै क्रममा अमेरिकाको अलाबामाको बर्मिंगगममा पनि गई उपचार र परामर्श लिइएको अमेरिकाका लागि नेपाली राजदूत अर्जुन बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सीता दाहालले चिकित्सकको परामर्श अनुसार निर्दिष्ट गरिएको ओखति (प्रेसक्राइव ) सेवन गर्नु पर्ने भएको छ ।

मार्च २४ का दिन प्रचण्डले नेपाली समुदायसँग के–के भने ?

वाशिंगटन डिसी स्थित राजदूत निवासमा नेपाली समुदायसँग गरिएको अन्तरकृयामा प्रचण्डले छोटो बसाइका क्रममा नेपाली समूदायसाग भेट गर्न पाउँदा खुसी लागेको बताए ।

उनले मन्तब्य राख्ने क्रममा बुद्ध र अशोकाको चर्चा गर्दै भने, ‘हामी शान्ति चाहन्छौ । तर यहाँ पनि शान्ति नचाहने जस्तो पनि देखियो ।’ उनको भनाइ अमेरिकामा आफूविरुद्ध उजुरी गर्ने नेपालीप्रति लक्षित थियो ।

उनले अगाडी भने, ‘शान्ति प्रक्रिया र सेना समायोजन जस्तो कार्यले निकै ठूलो महत्व राख्दछ ,यस्तो प्रक्रियाबाट आएको नेपालले जति पाउनु महत्व पाउनु पर्ने त्यो अनुसारले नाम विश्वमा व्यापक हुन सकेको छैन ।’

शान्तिलाई खलबल्याउन खोज्ने शक्ति सँग सचेत हुनु जरुरी रहेको उनले बताए ।

उनले कम्युनिष्टप्रति अनेक अफवाह फैलाइएको दाबी गर्दै भने, ‘कतिले कम्युनिस्ट प्रति एक प्रकारको प्रतिबिम्ब बनाएका छन् । बामपन्थीहरु हिंसावादी ,अधिनायकवादी ,तानाशाही हुन् र उनीहरु विकास विरोधि हुन् भनि यस्तो प्रकारको अवधारणा मानिसहरुको मष्तिस्कमा हाली दिएका छन् ।’
जसको कारण बामपन्थी भन्नेवित्तिकै यस्तो प्रकारका उनीहरुमा चित्र आउने प्रचण्डले बताए । आफूहरुले त्यो प्रतिबिम्ब भत्काउन चाहेको प्रचण्डले बताए ।

प्रचण्डले देशको इज्जत र छबि वृद्धि भएमा हामी सबैको गरिमा बढ्ने बताए । ‘नेपाली राहदानी हुने हरु विदेश जाँदा हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । हामीलाई अर्कै तरिकाले हेर्ने दृष्टिकोण रहेछ । हामी विकासमा निकै पछि परेको कारण हाम्रो राहदानीलाई हेर्ने दृष्टिकोण फरक भएको हो’ प्रचण्डले भने । अब सबै मिलेर देशको विकास र सम्बृद्धिमा जुट्नु पर्ने भन्दै त्यसका लागि विदेशमा बस्ने नेपालीको पनि सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा अमेरिकामा रहेका डा बिष्णु पौडेल,व्यवसायी राजेन्द्र श्रेष्ठ, प्रा डा गोपी उप्रेती ,अर्थविद तथा समाजसेवी प्रेम संग्रौला, सानकी अध्यक्ष मन्जु कार्की संग्रौला , एएनएनकी अध्यक्ष प्रभा भट्टराई देउजा, इन्जाका अध्यक्ष गुणराज लुईटेल तथा उपाध्यक्ष सुनिल दाहाल, प्रवासी नेपाली मन्च अमेरिकाका सभापति प्रभु थापा , आइडीआईका संस्थापक सुमन तिम्सिना तथा परशु नेपाल, एनईसीसीका अध्यक्ष खिलेन्द्र न्यौपाने ,एएनएका अध्यक्ष मेदनी अधिकारी ,सगुनका कविन्द्र सिटौला लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।