६ चैत्र २०८०, मंगलवार
Follow Us

यसवर्ष नेपालमा १० अर्ब लगानी गर्ने एनआरएनको प्रतिबद्धता

sarusaru
१३ चैत्र २०७५, बुधबार ११:५४

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन) ले यसवर्ष नेपालमा रु १० अर्ब लगानी गर्ने भएको छ । एनआरएनएका उपाध्यक्ष तथा लगानी तथा वाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तका अनुसार नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर सो लगानी गर्न लागिएको हो ।
त्यसका लागि एनआरएनएले सरकारसँग चैत १५ र १६ गते हुने लगानी सम्मेलनका क्रममा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको छ ।

सो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने छ भने कोषमा नेपाल सरकार समेतको लागानी रहने बताइएको छ ।
यसकारण कोष
संघको तर्फबाट हाल विभिन्न स्तरबाट छरिएर लगानी आउने गरेको छ । तर कोष खडा भएपछि एकमुष्ठ रुपमा एनआरएनको लगानी आउने अपेक्षा लिइएको छ ।

गैर आवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा गरिएको छ ।
यस्तै कम्पनीको शेयर, बैंक ऋण लगायतका सबै प्रबन्ध नेपालको कानुन अनुसार नै सम्बद्ध निकायले सहजीकरण गर्नेछन् ।

पन्तका अनुसार कोषमार्फत पहिलो चरणमा एनआरएनएले यसै वर्ष १० अर्ब रुपैयाँ नेलगानी नेपाल भित्र्याउने छ । जुन कुरा सरकारसँग हुने सहझदारीपत्रको डाफ्टमा उल्लेख गरिएको छ ।