१३ बैशाख २०८१, बिहीबार
Follow Us

रुपन्देहीमा भारतीय नागरिकको गाेली हानी हत्या

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार १६:४३

रुपन्देही– रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुटबलको मैनाबगरमा बुधबार साँझ भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको हो । उनी स्थानीय अटोभिलेज रेस्टुरेन्टमा कार्यरत रहेका थिए ।

उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कसले र किन हत्या गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।