६ चैत्र २०८०, मंगलवार
Follow Us

लन्डन दूतावासमा दसैं (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७३, मंगलवार १०:२०

लन्डन- हिन्दु नेपालीको महान पर्व विजयादशमी, दीपावली, छठ, माघी लगायतको अवसर पारेर लन्डनस्थित नेपाली दूतावासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

सोमवार नेपाली दूतावास भवनमा आयोजित कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले बेलायतस्थित नेपाली समूदायको हक हित र अधिकारका लागि काम गर्ने बताए। उनले आफ्नो आगामी ४ बर्षे कार्यकाल नेपालको विकासको लागि योगदान गर्दै नेपाल र नेपालीको सिरलाई विश्वसमूदायका बीच उच्च र अक्षुण राख्न प्रत्यन गर्ने बताए। दुई हप्ता अघि मात्र आफ्नो पदभारग्रहण गरेका राजदूत सुवेदीले दूतावास भित्र साना कामबाट सुधार गर्दै दूतावासलाई थप व्यवस्थित बनाउदैं लैजाने प्रतिबद्धता जनाए।

कार्यक्रममा गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, व्यवसायी राजेन्द्र खेतान, प्राध्यापक सूर्य सुवेदी, पूर्वमन्त्री तथा सांसद रेशम लामा लगायत करिव ४ दर्जन संघसँस्थाका प्रतिनिधी लगायतको उपस्थिती थियो।
14680847_10154590967479282_2257042862131176287_o

14590026_10154590874234282_2915537542945507222_o

14570595_10154590974229282_6201559891768795936_o

14647202_10154590970964282_1979026500_o

14566425_1223830454343070_6101251714984555633_o

14672739_10154590852494282_952724078_o

14625668_10154590752549282_1767232151_o

14689739_10154590752274282_1099140057_o

14625831_10154590750139282_2036479817_o