१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको परिचयपत्रमा चरम लापबाही, महिलाको फोटोमा पुरुषको नाम !

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार ०५:५२

लण्डन । गैरआवासिय नेपाली संघ (एनआरएन) ले जारी गरेको परिचयपत्रमा चरम लापरबाही भएको पाइएको छ । लापरबाही यसम्मकी परिचयपत्रमा फोटो महिलाको नाम पुरुषसमेतको राखेर वितरण गरेको पाइएको छ ।
एनआरएन बेल्जियमेकी एक सदस्यलाई केही पहिले एनआरएनको परिचय दिइयो । तर जब परिचयपत्र हेरिन् उनी चकित परिन् । परिचयपत्रमा फोटो उनकै थियो तर नाम भने होमबहादुर धन्त्यालको थियो ।

यो त एक उदाहरणमात्रै हो, कम गुणस्तरको प्रमाणपत्र छपाइ गरेर बिवादमुक्त हुन नसकेको एनआरएन कार्ड वितरणको क्रममा विवादै विवाद खडा भएको छ ।

संघको केन्द्रीय समितिले गत वर्षदेखि परिचयपत्र वितरण गर्न थालेको भएपनि त्यो प्रभावहीन हुँदै आएको गुनासो सुनिएको आएको छ ।
दुई वर्षेको लागि छापिएका परिचयपत्र सदस्यहरुको सदस्यता अवधि पूरा हुन केही महिना बाँकी रहँदासम्म हातमा पर्न सकेको छैन् ।

लामो प्रतिक्षापछि पाइँदा पनि गल्ती भेटिएपछि अनेकट टिप्पणी हुन थालेको छ । पत्रकार सन्तोष न्यौपानेले आफ्नो फेसबुक टाइमलाइम मार्फत बेल्जियममा एनआरएनको कार्डमा भएको गल्तीबारे व्यङ्ग्य गरेका छन् ।

एनआरएनको ध्यान दोहोरो नागरिकता र कृषिमा लगानीको निहुँमा सरकारी जग्गा हडप्ने मात्रै हो ? भन्दै उनले संघप्रति व्यंग्य गरेका छन् ।

एनआरएन दलाली गर्ने संस्था नै हो भन्ने प्रश्न समेत गर्दै उनी एनआरएनका जिम्मेवार पदाधिकारीप्रति समेत खनिएका छन् ।

संघका केही पदाधिकारीले परिचयपत्र पुनः छपाई गरेर आर्थिक चलखेल गर्न खोजेको आशंका गरिएको थियो । ७० हजार भन्दा माथि सदस्य रहेको गैरआवासीय नेपाली संघले पछिल्लो समयमा करिब ३० हजार परिचयपत्र छापेपनि सदस्यहरु समक्ष भने पुर्याउन सकेको छैन । एउटा परिचयपत्र छाप्न संघले तीन डलर खर्चिएको छ ।

एनआरएनएको केन्द्रिय कार्यालयका अनुसार गतवर्ष छापिएका हजारौं परिचयपत्र त्यत्तिकै बोरामा थन्किएका छन् । त्यस्ता परिचयपत्रहरु प्रभावकारी रुपमा वितरण हुन नसक्दा विदेशमा सर्वसाधारणले दुःख गरेर आर्जन गरेको रकमको चरम दुरुपयोग भएको छ ।

एनआरएनए युकेका अनुसार गतवर्ष संघले वेलायतको लागि छापेर पठाएका परिचयपत्र मध्य आधा भन्दा बढी परिचयपत्र वितरण हुन सकेका छैनन् ।

एनआरएनएले उपाध्यक्ष सपिला राजभण्डारीको संयोजकत्वमा परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।