१२ बैशाख २०८१, बुधबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०७:५१

सर्लाही- ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय राजन कुमार महतो सुडीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार उनले ती किशोरीलाई डरत्रास देखाई आफ्नो घरमा लागि जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार ईलाका प्रहरी कार्यालय केशरगंजमा प्राप्त हुनासाथ खटिएको प्रहरीले राजनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।