१३ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लव नेतृत्वको नेकपा हिंसात्मक समुह हो–मुख्यमन्त्री पोखरेल

sarusaru
१४ चैत्र २०७५, बिहीबार १२:३०

दाङ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेत्रबिक्रम चन्द ‘विल्लव’ले नेतृत्व गरेको नेकपालाई हिंसात्मक समुहको संज्ञा दिएका छन् ।
नेकपाको तुलसीपुर उपमहानगर कमिटीको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनताको बलबाट लेखिएको नयाँ संबिधानलाई कार्यान्वय गर्नेबेलामा हिंसात्मक गतिबिधी गर्ने छुट कसैलाई पनि नभएको बताए । ‘नयाँ संबिधान बनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन् गर्न सरकारलाई सहयोग गर्नुको साटो विप्लवले संबिधान बिरोधी गतिबिधी गर्न हिंसाको साहारा लिनु गलत छ ।’ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले भने,‘हिंसात्मक गतिबिधी गर्ने समुह राजनीतिक हुनैसक्दैन् । त्यो हिंसात्मक समुह हो ।’
नेपाली काँग्रेस तर्फ ईगित गर्दै पोखरेलले बिगत काँग्रेस,एमाले र माओवादी हतियारकै साहारामा स्थापीत भएको गलत नजिर देखाएर विप्लवको हिंसात्मक गतिबिधीलाई राजनीतिक रंङ दिन नहुने बताए ।