१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ब्रेक्जिटका लागि प्रस्तावित ‘८ वटै विकल्प’ संकटमा पर्यो

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार १७:१७

लण्डन– बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न सकेको छैन ।

भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्र्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको नजिक देखिएका थिए ।

दिइएका आठ विकल्पमा एप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत सङ्ग्र्रह गर्ने बिषयसम्मका थिए । मार्च २९ मा सम्झौता बिना नै बहिर्गमन गर्ने भएपनि यसलाई मे २२ वा अप्रिल १२ सम्म सार्नुपर्ने भन्ने प्रस्तावको पक्षमा ४४१ मत परेको थियो ।

कतिपयले बहुमत नजिक रहेका केही विकल्पलाई सोमवार पुनः यस्तै मतदानमा लैजानुपर्ने बताएका छन् । अन्यको जोड भने अब दोस्रो आमनिर्वाचनमा जाने र त्यसले स्थापित गर्ने संसदले मात्र यो गतिरोधको अन्त्य गर्न सक्छ भन्ने छ ।

कुनै विकल्प नभेटिँदासमेत बेलायतले १२ एप्रिलमा बिना सम्झौता ईयू छाड्न सक्छ । तर अहिलेलाई त्यसको सम्भावना समेत कम देखिएको छ किनकी उपलब्ध थुप्रै विकल्पमा सांसदहरू नै दोधारको अवस्थामा देखिएका छन् ।