१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश नं २ मा एसईई परीक्षा स्थगित

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार १७:१९

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।