७ बैशाख २०८१, शुक्रबार
Follow Us

महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा उम्मेद्वारी दिने

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार १९:३७

लन्डन । परिवर्तनको संवाहक बन्ने देशारको अभियान बाल्टिमोड–छोटो समयमै कुशल व्यवसायी बन्न सफल महेन्द्र देशारले एनआरएनए अमेरिकको मेरिल्याण्ड च्याप्टरमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुहुने भएको छ । परिवर्तनको संवाहक बन्ने उच्च अभिलासा र उद्देश्य बोकेर उहाँले उक्त पदमा उम्मेद्वारी दिन लाग्नु भएको हो ।

प्रखर व्यक्तित्वका धनी देशारको मुख्य एजेण्डा भनेकै नेपाली समाजलाई अमेरिकामा स्थापित बनाएर समृद्ध बनाउनु हो । नविन सोच, योजना र आर्थिक समृद्धिका लागि कुशल नेतृत्व गर्ने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रिनु भएको हो । नेपाली समाजको गरिमा र गौरवलाई दीगो तथा प्रतिष्ठित बनाउने अठोट लिनु भएको छ ।

देशारले विभिन्न सामाजिक तथा बिजनेश संघसंस्थामा आवद्ध भएर महत्वपूर्ण जिम्मेवारीका साथ कार्य सम्पादन गर्नु भएको छ । अमेरिकी सिंगो नेपाली समाजको निष्ठापूर्वक सेवा गर्ने पवित्र उद्देश्य बोकेर चुनावी मैदानमा उत्र्न लाग्नु भएका देशारको मूल मन्त्र भनेकै समृद्ध नेपाल हो ।

एनआरएनएनभित्र छरिएर रहेका फूलहरुलाई एउटै माला बुन्ने दुढ अठोटका साथ उहाँले मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा उम्मेद्वारी दिन लाग्नु भएको हो । उहाँको यस निर्णयले अमेरिकामा बस्दै आएका नेपालीमा नयाँ तरंग र उत्साह छाएको छ । अमेरिकामा बस्ने सबै नेपालीका ढुकढुकी र साहरा बनेका देशारको सपना भनेकै स्वच्छभावले समाजसेवा गर्नु हो, अप्ठ्यारोमा परेका नेपालीलाई सहजीकरण गर्नु हो ।

अमेरिका जस्तो समृद्धशाली देशमा होटल व्यवसायमा सफलता हासिल गरिसक्नु भएको उहाँको चुनावी अभियान सबै नेपालीका लागि आशाको दियो बनेको छ । सानातिना व्यवसायी र व्यवसायको प्रवद्र्धन गर्दै नयाँ व्यवसायमा लाग्न चाहने नव उद्यमीलाई विजनेश अवधारणा सिकाउने उहाँको प्रतिवद्धता छ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झै छोटो समयमै सफलता हासिल गरिसक्नु भएको उहाँ नेपाल र नेपालीको आर्थिक विकासमा मार्गनिर्देश गर्न सक्ने व्यतिmत्वका रुपमा स्थापित हुनुभएको छ ।

चन्द्रगिरी नगरपालिका–९ मच्छेगाउँमा जन्मनु भएको देशारले ११ वर्षदेखि अमेरिकालाई कर्म थलो बनाउनु भएको छ । २००८ देखि अमेरिकाको बाल्टिमोड मेरिल्याण्डमा बस्दै आउनु भएको देशारको दुई छोरी हुनुहन्छ । उहाँले २०१० मा यशोदा गुरुङसँग विवाह गर्नु भएको हो । उहाँ अहिले सपरिवारका साथ अमेरिकामा बस्दै आउनु भएको छ ।