१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लगानी सम्मेलन : नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार ०४:०१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण भएको भन्दै लगानी गर्न आह्वान गरेका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको दुई दिने लगानी सम्मेलनलाई विशेष सम्बोधन गर्दै ओलीले लगानी गर्न देशी–विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् ।
‘देशमा स्थिर सरकार बनेको छ, सरकारी नीति पनि लगानी अनुकूल बनाइएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न विदेशी लगानी जरुरी छ, म लगानीका लागि आह्वान गर्दछु ।’
उनले लगानीका विभिन्न क्षेत्रहरु सरकारले यसअघि नै तय गरिसकेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
सम्मेलनमा ४० मुलुकका ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
दुई दिने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा एवम् स्वास्थ्य क्षेत्रबसँग सम्बन्धित सार्वजनिक ५० र निजी २७ गरी ७७ परियोजना प्रस्तुत गरिएको छ ।