७ बैशाख २०८१, शुक्रबार
Follow Us

लगानी सम्मेलनमा सहभागी हुन एनआरएनका नेताहरु काठमाडौंमा

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार ०४:०७

काठमाडौं– लगानी सम्मेलनमा सहभागि हुन गैरआवासिय नेपाली संघ (एनआरएन) का नेताहरु काठमाडौं आइपुगेका छन् । सम्मेलन आजदेखि सुरु भएको छ ।
यसै लगानी सम्मेलनबाट ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ निर्माण गरेर नेपालमा १० अर्बको लगानी गर्ने तयारीमा जुटेको एनआरएनले विदेशी लगानी भित्र्याउनका लागि सरकारलाई सहयोग समेत गर्ने बताइएको छ ।
एनआरएनका प्रवक्ता भूषण घिमिरेले सम्मेलनमा सहभागि हुन एनआरएका नेताहरु काठमाडौं आइसकेको भन्दै सम्मेलनमा एनआरएन र सरकारबीच नेपालमा लगानी कोष खडा गर्ने सम्बन्धी ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ बनाउन समझदारीपत्रमा हस्ताक्षर हुने नेपाल ब्रिटेनलाई बताए ।
यसकारले यसअघि नै एनआरएनसँग हुने सो समझदारीका लागि मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गरिसकसकेको छ ।
सम्मेलनमा एनआरएनको तर्फबाट अध्यक्ष भवन भट्टले प्रस्तुति दिनेछन् भने संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई पनि वक्ताको रुपमा आमन्त्रण गरिएको छ । महतोले सरकारले आफूलाई वक्ताको रुपमा आमन्त्रण गरिएको जानकारी दिए ।
लगानी सम्मेलनमा सहभागि हुन पूर्व अध्यक्ष जीवा लामिछाने, हालका अध्यक्ष भट्ट, महासचिव बद्री केसी, उपाध्यक्षहरु कुल आचार्य, कुमार पन्त, प्रवक्ता भूषण घिमिरेलगायतका दर्जनौ एनआरएनका नेताहरु काठमाडौं आएका छन् ।
सरकारी स्रोतका अनुसार सरकार र एनआरएनबीच कोष खडा गर्नेबारे सम्भवत शनिबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

सो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने छ भने कोषमा नेपाल सरकार समेतको लागानी रहने बताइएको छ ।

संघको तर्फबाट हाल विभिन्न स्तरबाट छरिएर लगानी आउने गरेको छ । तर कोष खडा भएपछि एकमुष्ठ रुपमा एनआरएनको लगानी आउने अपेक्षा लिइएको प्रवक्ता घिमिरेले बताए ।

एनआरएनको लगानी सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
यस्तै कम्पनीको शेयर, बैंक ऋण लगायतका सबै प्रबन्ध नेपालको कानुन अनुसार नै सम्बद्ध निकायले सहजीकरण गर्नेछन् ।

कोषमार्फत पहिलो चरणमा एनआरएनएले यसै वर्ष १० अर्ब रुपैयाँ नेलगानी नेपाल भित्र्याउने छ । जुन कुरा सरकारसँग हुने सहझदारीपत्रको डाफ्टमा नै उल्लेख गरिएको छ ।
सरकारले यस पटक आयोजनाको किटान नै गरेर ७७ वटा आयोजनालाई सोकेसमा राखेको छ ।
सम्मेलनमा ४० मुलुकका ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुने सम्मेलनमा यतिकै सङ्ख्यामा नेपाली लगानीकर्ताको पनि सहभागिता रहेको लगानी बोर्डले जनाएको छ ।