८ बैशाख २०८१, शनिबार
Follow Us

प्रश्नपत्र ‘लिक’ काण्डले प्रदेश २ को एसईई परीक्षा रद्द

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार १४:४१

काठमाडौं – प्रदेश–२मा हुन बाँकी एसईईका सबै परीक्षा स्थगित गरिएको छ । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्रालयले प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो । लगातार प्रश्नपत्र बाहिरिएपछि सरकारले यस्तो कदम चालेको हो ।

प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।
प्रदेश नम्बर २ मा विज्ञान र सामाजिक विषयमको प्रश्नपत्र बाहिरिएपछि छानबिन गर्न सीआईबीलाई जिम्मा यसअघि नै दिइसकिएको छ।