१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आठौं राष्ट्रिय खेलकुद बैशाखमा, एनआरएनका २४ खेलाडी सहभागि हुने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार १५:०९

काठमाडौं– आठौं वृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश ५ मा हुने प्रतियोगिताको मिति तय गरेको हो ।

यसअघि आठौं राष्ट्रिय खेलकुद तयारी एवं कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्ने प्रस्ताव गरेको थियो । नेपालगन्ज रंगशालाको भिआईपी प्यारापिटको निर्माण कार्यसम्पन्न नहुदाँ प्रतियोगिता केही पर सरेको राखेपले जनाएको छ ।
यसैबीच सो प्रतियोगितामा एनआरएनको २४ खेलाडी सहभागि हुने यसअघि नै टुंगो लागिसकेको छ ।
विश्वका ७ मुलुकमा रहेका २४ नेपाली खेलाडीले विभिन्न ९ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

जस अनुसार नेपाललाई एसियन गेम्समा पदक दिलाइसकेकी विमला तामाङले पनि एनआरएनएबाट खेल्ने भएकी छन्। यस्तै विश्व जुडो च्याम्पियनसिपमा सहभागिता जनाइसकेका जुडो खेलाडी मोहन बामले पनि एनआरएनए टिमको प्रतिनिधित्व गर्नेछन्।

यस बाहेक विश्वका विभिन्न देशमा रहेका उत्कृष्ट नेपाली खेलाडीहरुलाई समावेश गर्दै एनआरएनले पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन लागेको हो।