१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अध्यक्ष भवन भट्टले दिएको उपहार उद्योगमन्त्रीले लिएनन्

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार १५:५४

काठमाडौं– लगानी सम्मेलनमा आफूलाई भूमिकाबिहीन बनाइएपछि रुष्ट बनेका उद्योगमन्त्री मातृका यादवले सम्मेलनमा दिइएको उपहार लिन अस्वीकार गरेका छन् ।

लगानी सम्मेलनका क्रममा एउटा छलफल सत्रको समापनमा एनआरएन अध्यक्ष भवन भट्ले दिएको उपहार मातृकाले लिन अस्वीकार गरेका हुन् ।

भट्टले आयोजकको तर्फबाट सबैलाई उपहार दिएपछि उद्योगमन्त्री यादवले भने लिन अस्वीकार गरेका हुन् ।

भट्टले दिएको उपहार यादवले ‘म लिन्नँ’ भनेपछि सचिव यामकुमारी खतिवडाले ग्रहण गरेको एक सहभागिले जानकारी दिए ।