८ बैशाख २०८१, शनिबार
Follow Us

लगानी सम्मेलनमा एनआरएन अध्यक्ष भवन भट्टको ‘ड्रेसअप’को चर्चा

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार १६:२४

काठमाडौँ–नेकपा नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काठमाडौंमा गरेको लगानी सम्मेलनमा एनआरएनको उल्लेख्य सहभागिता रहेको छ । नेपालमा लगानी गर्न एउटा कोष नै खडा गरेर अघि बढ्ने तयारीमा रहेको एनआरएन र त्यसका अधिकारीहरु अहिले विश्वका विभिन्न देशबाट काठमाडौंमा व्यस्त रहेका छन् ।
लगानी सम्मेलनमा उनीहरुको सहभागिता सरकारको एउटा महत्वपूर्ण लगानीको स्रोत ठानिएको छ ।

लगानी सम्मेलनमा एनआरएनको सहभागिता उल्लेख्य हुने नै भयो । सँगसँगै संघका अध्यक्ष भवन भट्टपनि धेरैको आकर्षणको केन्द्र रहे ।
औपचारिक पोसाकमा सजिएका भएपनि भट्टको पोसाक विशेषखालको देखिन्थ्यो । उनको कोटमा ‘आई एम विद नेपाल इन्टेष्टमेन्ट’ स्लोगन प्रिन्ट नै गरिएको थियो भने कोटको एक भागमा एनआरएनको विशेष लोगो थियो ।

उनको पोशाक लगानी सम्मेलनकै लागि भनेर डिजाइन गरिएको संघका एक अधिकारीले जानकारी दिए । उनका अनुसार सम्मेलन सफल बनाउका लागि भट्टसहित, उपाध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने लगायले विशेष सक्रियता देखिएका छन् । त्यसैले त अहिले विश्वभरबाट एनआरएन नेपाल आएका छन् । एनआरएनले विगतमा नेपालका विभिन्न क्षेत्रमा लगानी गरिसकेको छ भने आगामी दिनमा पनि कोषमार्फत थप लगानी गर्ने बताएको छ ।

काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिएको छ ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ ।