१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अमेरिकाको चुनाबमा सुनिल शाहको सक्रियता तिब्र

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७५, शुक्रबार १९:१६

सुरेश कोइराला । बाल्टिमोर । कुशल व्यक्तित्वका धनी इन्जिनियर सुनिल शाहले एनआरएनए अमेरिकी संस्थाको अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने भएको छ । संस्थालाई दीगो, संस्थागत र प्रभावकारी बनाउन कुशल नेतृत्वको आवश्यकता पर्ने भन्दै शाह अध्यक्ष जस्तो गरिमामय पदका लागि चुनावी मैदानमा उत्रिनु लाग्नु भएको हो । नविन सोचका धनी शाहको उम्मेद्वारीले सिंगो अमेरिकी नेपाली समाजमा उत्साह थपिएको चर्चा परिचर्चा सर्वत्र हुन थालेको छ ।
आधुनिक प्रविधियुक्त बन्दै गएको समाज, अमेरिकी सीप र ज्ञान सुहाउँदो एक मात्र सवल र सक्षम नेतृत्वका रुपमा शाहलाई हेरिन्छ । शाहको उम्मेदवारी दिने पक्का भएपछि हरेक राजनीतिक दल, नेपाली जनसम्पर्क समिति तथा प्रवासी मञ्चलगायत वरिष्ठ व्यक्तित्वहरूमा खुशीको रौनकता छाएको छ ।
प्रखर व्यक्तित्व शाहलाई सबै प्रवासी नेपालीको साझा नेताको रुपमा स्थापित गराउन यहाँको वौद्धिक समाज हो । आर्थिक समृद्धिका लागि कुशल नेतृत्व गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका शाह यस संस्थाको गरिमा र गौरवलाई दीगो र प्रतिष्ठित बनाउने अभियानमा यस अघि नै लागिसक्नु भएको छ ।
अमेरिकी सिंगो नेपाली समाजको सेवामा निष्ठापूर्वक अनवरत लागि पर्ने उहाँको प्रतिवद्धता छ । उहाँले अहिले उक्त संस्थाको वरिष्ठ उपाध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएको छ । एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा स्थापित गराउनु नै उहाँको एकमात्र लक्ष्य छ ।