१२ बैशाख २०८१, बुधबार
Follow Us

ओली छैनन् उद्योगमन्त्री यादवसँग ‘पोजेटिभ’

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार ०२:००

काठमाडौँ — विदेशी लगानी जुटाउन भएको लगानी सम्मेलनमा उद्योगमन्त्री मातृका यादव असन्तुष्ट बनेका छन् । शुत्रबार उद्घाटन सत्रमा उनी मन्त्री बस्ने लहरमा थिएनन् । आफ्ना लागि सिट नराखिएको भन्दै फछिल्लो लहरमा बसे । कार्यक्रम स्क्रिनमा हेरे । उनको असन्तुष्टि आफैंले अध्यक्षता गरेको सत्रमा पनि देखियो ।

औद्योगिक आधार र रोजगारसम्बन्धी एउटा सक्रको अध्यक्षता मन्त्री यादवले नै गरे । त्यसको वत्ता उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा पनि थिइन् । सत्र सकिएपछि आयोजकहरूले सबै वक्ताहरूलाई ‘मायाको चिनो’ प्रदान गर्ने तालिका थियो ।

यादवले अध्यक्षता गरेको सत्रमा पनि आयोजकतर्फबाट गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले मायाको चिनो प्रदान गर्न खोजे । यादवले भने लिन मानेन् । उनले आफूले कुनै उपहार नलिने भन्दै आयोजकका तर्फबाट आउने अधिकारीलाई जवाफ फर्काए । सचिव खतिवडाले भने लिइन् । सम्मेलनमा धेरै विषय उद्योगसँग नै जोडिन्छन् ।

तिनमा आफूसँग पर्याप्त छलफल नभएको भन्दै यादव पहिलेदेखि नै असन्तुष्ट थिए । सम्मेलनको तयारीमा अर्थमन्त्री युवराज खतिवडा र लगानी बोर्डको बढदो भूमिका रहेको भन्दै उनको असन्तुष्टि चुलिएको सरकारी अधिकारी बताउँछन् । ‘केही दिन यी नकारात्मक कुरा नगरौं,’ उद्योग मन्त्रालयकै एक अधिकारीले भने, ‘यसबारे सम्मेलन सकिएपछि उद्योगमन्त्रीले नै केही भन्नुहोला ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ ।