१२ बैशाख २०८१, बुधबार
Follow Us

परीक्षा संयन्त्रमा प्रश्न खडा

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार ०२:०५

काठमाडौँ — प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ ।

चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो ।

परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।