१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कुमारीको हातबाट टीका ग्रहण

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७३, मंगलवार २०:११

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रुपमा पुजिँदै आएको कुमारीको हातबाट आज टीका ग्रहण गर्नेको घुइँचो लागेको छ ।

कुमारी जिविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् ।

कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उहाँको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो ।

सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किम्बदन्ती रहेको छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।

राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने र विजयादशमीको दिन टीका लगाइदिने गरेको विश्वासका साथ मानिसहरुको घुइँचो यहाँ लाग्ने गर्दछ । रासस