८ बैशाख २०८१, शनिबार
Follow Us

बिहेको चार दिनमै श्रीमतीसँग डिभोर्स

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार ११:५४

एजेन्सी । हलिउड अभिनेता निकोलस केजले बिहेको चार दिनमै श्रीमतीसँग डिभोर्स गर्न प्रक्रिया अघि बढाएका छन् ।

निकोलस र एरिका कोइकेबीच मार्च २३ मा लस भेगासमा विवाह भएको थियो । एरिका पेसाले मेकअप आर्टिष्ट हुन् ।
तर चार दिनपछिनै बुधबार निकोलसले विवाह समाप्तिको प्रक्रिया दायर गरे । यो उनको हालसम्मको सबैभन्दा छोटो विवाह हो । यस अघिको उनको सबैभन्दा छोटो विवाह सन् २००२ मा लिसा म्यारी प्रिस्लेसँगको थियो । लिसासँग उनको विवाह १०८ दिन टिकेको थियो ।