August 5, 2020
6:14 AM | 10:59 AM

जहाँ एसइइमा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ प्रश्नपत्र

  30/03/2019 मा प्रकाशित

एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइल बाट फोटो खिचेर म्यासेन्जर मार्फत आफन्तलाई पश्नपत्र पठाउने गरेको पाइएको हो ।
गत आइतबार सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी लगायत संञ्चारकर्मीको टोली परिक्षाको अनुगमन गर्न भनि नजिकै रहेको सत्यवादी परिक्षा केन्द्रमा पुगेको थियो । सत्यबादी मावि को परिक्षा केन्द्रको एक कोठामा ८ जना परिक्षार्थीहरुले मोवाइलबाट पश्नको उत्तर सारिरहेका भेटिए । परिक्षा हलमा परिक्षार्थीले मोवाइलमा बाट पश्न सारिरहेको देख्दापनि परिक्षा निरिक्षकहरु भने ट्वाल्ल परेर हेरिरहेका देखिन्थे उल्टै परिक्षार्थीहरुलाई केन्द्राध्यक्ष तथा अनुगमन टोली परिक्षा कोठाभित्र पस्न थालेको जानकारी दिदै मोवाइल लुकाउन आग्रह गर्छन ।
परिक्षा निरिक्षहरुले परिक्षार्थीहरुलाई उल्टै चिट चोर्न प्रोत्साहन गरिरहेको देख्दा परिक्षा अमर्यादित बनाउन केहि परिक्षा निरिक्षकहरुको पनि उतिकै हात देखिन्छ ।
परिक्षार्थीहरु मोवाइलमा पश्नको उत्तर सारिरहेका भेटिएपछि सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले यस्तो हर्कतले विद्यार्थीको भविश्य अन्धकार तिर धकेलिने भन्दै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई मोवाइल नियन्त्रणमा लिन आग्रह गरे ।
मोवाइल प्रयोग गरी म्यासेन्जर मार्फत पश्नपत्र बाहिर पु¥याउने र आफन्तले पनि म्यासेन्जरबाटै पश्नको उत्तर लेखेर फोटो खिचेर पठाउने गर्दा जिल्लाको एसइइ परिक्षा अमर्यादित बनेको छ ।

यता सत्यवादी परिक्षा केन्द्रका केन्द्राध्यक्ष रामदत्त उपाध्यायले सुरक्षाकर्मीद्घारा कडा चेकजाँच गर्दा पनि परिक्षार्थीहरुले मोवाइल परिक्षा कोठा सम्म पु¥याउने गरेको बताए । केहि परिक्षार्थीहरुबाट मोवाइल नियन्त्रणमा लिएको र चिट चोर्ने परिक्षार्थीहरुको १ घण्टासम्म उत्तर पुस्तीका नियन्त्रणमा लिने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया