१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रश्नपत्र आउट भएको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले राजीनामा दिनुपर्छः शेखर कोइराला

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार ११:५८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको लापरबाहीका कारण प्रदेश २ मा एसईई परीक्षा रद्द भएको आरोप लगाएका छन्।
शनिबार नेता कोइरालाले उक्त घटना राज्यको गैरजिम्मेवारीपनका कारण भएको दाबी गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई तत्काल राजीनामा दिन माग गरेका छन् ।
‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघीय सरकार चुकेको देखिन्छ । यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउनु पर्दछ,’ उनले भने ।
सरकारको गैरजिम्मेवारका कारण हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिए उनको भनाई थियो ।
कोइरालाले भने,‘राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेश नं २ को एसइई परीक्षा बीचैमा स्थगित हुन पूगेको छ । यसले हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।’
परीक्षा अगावै प्रश्नपत्र बाहिर आएपछि प्रदेश २ को एसइई परीक्षा रद्द गर्ने सरकारले निर्णय गरिसकेको छ । शनिवार विहानैदेखि प्रदेश नम्बर–२ को एसईई परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीहरुको आन्दोलनमा उत्रिएका छन्