११ बैशाख २०८१, मंगलवार
Follow Us

भीआईपीको पछुवा गाडी यसरी दुर्घटना गराएर भाग्यो

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार १२:००

काठमाडौं– पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीले बबरमहलमा एक स्कुटरलाई ठक्कर दिएर फरार भएको छ ।
शनिवार विहान १० बजेर ४५ मिनेटमा सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा. १ झ ९५२७ को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएर लडेपनि वेवास्ता गर्र्दै अगाडि बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सवार उक्त भ्यान पूर्व प्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको पाइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त दृश्यको अगाडि इमर्जेन्सी लाइट बालेर हिँडेको एउटा सेतो कलरका स्कारपियो देखिन्छ । उक्त स्कारपियोमा लोकेन्द्रबहादुर चन्द सवार थिए ।
स्कारपियोको पछाडि सशस्त्र प्रहरीको भ्यानले इमर्जेन्सी लाइटसहित पछ्याइरहेको छ । दायाँतिर रातो कार र सशस्त्रको भ्यानको चेपुवामा एउटा स्कुटर पर्छ । अनि जिकज्याक तरिकाले चलाएको भ्यानले च्याप्दा स्कुटर ढल्छ ।
स्कुटर पछाडिको मोटरसाइलक पनि ढलेर स्कुरमा ठोकिन्छ । दुर्घटना भएको भ्यानको पछाडि बस्ने चारजना सुरक्षाकर्मीले देखेका छन्, तर भ्यान बेतोडले दौडिन्छ ।