१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकार र एनआरएनबीच १० अर्बको लगानी नेपाल ल्याउने सहमति

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार १२:०९

काठमाडौं– सरकार र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।
राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । एनआरएनका प्रवक्ता भूषण घिमिरेले सम्झौता भएको पुष्टि गर्दै सहमति पछि एकीकृत रुपमा एनआरएनको नेपालमा लगानी गर्ने बाटो खुला भएको जानकारी दिए । सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापना गर्ने बाटो खुलेको छ। यही कोषमार्फत एनआरएनको लगानी नेपालमा हुनेछ ।

नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने बताइएको छ ।
गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको बुझिएको छ।