१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नाचसहित टीका थाप्न थारु समुदाय वडघरमा

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७३, मंगलवार २०:१२

कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् ।

पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ ।

टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताउनुभयो ।

गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र साँस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो ।

टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो । रासस
विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् ।

बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए ।