७ बैशाख २०८१, शुक्रबार
Follow Us

कंडेल ग्रुपले अपी पावर कम्पनीसँग मिलेर नेपालमा १ खर्ब ७५ अर्ब लगानी गर्ने सम्झाैता

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार १५:५९

काठमाडौं– कँडेल ग्रुप अफ कम्पनीले नेपालमा सोलार, जलविद्युत र वायु ऊर्जाका क्षेत्रमा लगानी गर्ने भएको छ ।

कम्पनीले सो क्षेत्रमा लगानी गर्नका लागि अपी पावर कम्पनीसाग लगानीसम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।

शुक्रबार र शनिबार दुई दिनसम्म चलेको लगानी सम्मेलनका अवसरमा कँडेल ग्रुपले अपी पावसँग सो समझदारी गरेको छ।

कम्पनीका निर्देशक राजन कंडेलका अनुसार सहमतिअनुसार कम्पनीले अपी पावरसँग मिलेर ९८ मेगावाटको जलविद्युत आयोजना, १८ मेगावाटको सोलार र १० मेगावाटको वायुऊर्जा उत्पादन गर्नेछ ।

बेलायतमा समेत लगानी गरेका कंडेलको नेपालका विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

सो सम्झौतामा अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कडेल ग्रुपका अध्यक्ष राजेन कँडेलले सम्झौतामा हस्ताक्षर गरे ।
सहमितअनुसार दुई कम्पनीले नेपालमा ऊर्जा विकासको लागि १ खर्ब ७५ अर्ब लगानी गर्नेछन् ।