१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्षेत्री समाज युकेद्धारा आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार १९:०७

लण्डन । क्षेत्र समाज युकेले ह्दयघातबाट मृत्यु भएका एक नेपाललाई आर्थिक सहयोग गरेको छ ।
डाटफोर्डस्थित केन्ट निवासी बिक्रम बस्नेतको बुवा प्रकाशबिक्रम बस्नेतको ह्दयघातबाट निधन भए पछि समाजले उनको परिवारलाई आर्थिक सहयोग गरेको हो । बेलायतभ्रमणमा रहेका बस्नेतको मेडिकल इन्सुरेन्स नहुदाँ अस्पतालमा ठूलो धनरासी तिर्नु परे पछि बस्नेत परिवारले क्षेत्री समाज युकेलाई आर्थिक सहयोगको लागि आग्रह गरेको थियो ।

छोटो समयको सकृयतामा १ हजार ३ सय ९१ पाउण्ड संकलन गरिएको समाजको उपाध्यक्ष तथा आपतकालिन कोषका संयोजक यज्ञ क्षेत्रीले जनाए । संकलित रकम संस्थाका अध्यक्ष राजन क्षेत्रीले उनको निवासमा पुगेर हस्तान्तरण गरेको क्षेत्री समाजले जनाएको छ ।

सो अवसरमा संस्थाका सल्लाहकार धन क्षेत्री, महासचिब कुमार केसी, कोषाध्यक्ष महेन्द्र केसी, यम भण्डारी, दीपक थापा, सुनिता गौतम, रमेश बास्तोला लगायतको उपस्थिति थियो । सं मानविय विपतमा आर्थिक सहयोग गर्ने समाजका सबै सदस्यप्रति संयोजक क्षेत्रीले आभार व्यक्त गरेका छन् ।

भर्खरै कविता कन्सर्टबाट बिकट सिन्धुपाल्चोकको टेकानपुरको विद्यालय लाई सम्पूर्ण ख़र्च कटाएर १७ लाख बचत गर्न सफल क्षेत्री समाज बेलायतले बिगत केही बर्षदेखी परोपकारी तथा मानबिय कार्य गर्दै आएको छ ।