१५ बैशाख २०८१, शनिबार
Follow Us

नेप्लिज सेफ एसोसियसन यूकेको अधिवेशनको तयारी पुरा

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७५, शनिबार १९:२०

लन्डन । नेप्लिज सेफ एसोसियसन यूके दोस्रो अधिवेशनको तयारी पुरा भएको छ । बेलायतमा कार्यरत नेपाली सेफहरुको छाता संस्थाका रुपमा रहेको नेप्लिज सेफ एसोसियसनले आगामी ८ अप्रिलमा नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्न लागेको हो ।

संस्थाका अध्यक्ष कृष्ण तिमल्सेनाले वेलायतस्थित नेपाली सेफहरुलाई संस्थाको अधिवेशनमा उपस्थितीको लागि आग्रह गरेका छन् ।

लन्डनस्थित भेन्यू फाइभमा हुने अधिवेशनले नयाँ नेतृत्वको समेत नेतृत्व चयन गर्ने एसोसियसनका अध्यक्ष कृष्ण तिमल्सेनाले बताए ।

नेतृत्व चयनका लागि रामशरण सिमखडाको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । संयोजक सिमखडाका अनुसार निर्वाचन प्रकृयाको समेत सम्पूर्ण तयारी पुरा भएको वताए ।

एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आएको छ ।