१५ चैत्र २०८०, बिहीबार
Follow Us

ओखलढुंगाको मानेभज्याङमा स्कारपियो दुर्घटना ,६ जनाको घटनास्थलमै मृत्य

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार ०८:११

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो दुर्घटना हुदाँ ६ जनाको घटना स्थल मै ज्यान गएको छ । दुर्घटनामा परी अन्य चालक सहित अन्य तिन जना गम्भिर घाईते भएका छन् । सोलुखुम्बुबाट काठमाण्डौका लागी छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरी जवान बिर बहादुर तामाङले बताए । घाईतेहरुको घुर्मी स्थित सामुदायीक अस्पतालमा उपचारका लागी लगीएको छ ।

दुर्घटनामा परी ज्यान गुमाने चार पुरुष र दुई महिला रहेको वडा अध्यक्ष हेमराज राईले बताए । उनिहरुको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ ।