२६ बैशाख २०८१, बुधबार
Follow Us

सत्तारुढ भाजपा ‘म पनि चौकीदार’ अभियानका साथ चुनावी मैदानमा

sarusaru
१७ चैत्र २०७५, आईतवार ०९:४१

लोकसभा निर्वाचनमा भारतको केन्द्रमा सत्तारुढ भाजपा ‘म पनि चौकीदार’ अभियानका साथ चुनावी मैदानमा छ ।
यसको जवाफमा कांग्रेसको युवा संगठन यूथ कांग्रेसले ‘म पनि बेरोजगार’ अभियान सुरु गरेको छ । हाल यो भारतीय समाजिक संजाल प्रयोगकर्ताहरु माझ ट्रेण्डमा छ ।
कांग्रेसले उसको नयाँ अभियान भाजपाको लागि भारी हुने दावी गरेको छ । समाजिक संजालमा लाखौं भारतीय युवाहरुले यस अभियान अन्तर्गत आफ्नो दुःख व्यक्त गरिरहेका छन् ।
यूथ कांग्रेसको समाजिक सञ्जाल हेर्ने वैभव बालियाका अनुसार शनिवार विहान ११ बजे ‘म पनि बेरोजगार’ ह्यासट्याग सुरु गरिएको थियो । साँझसम्म यो एक लाख पटक प्रयोग भइसकेको छ । यस ह्यासट्याग भारतभन्दा बाहिरी क्षेत्रमा पनि ट्रेण्ड भइरहेको छ ।
यूथ कांग्रेसका अध्यक्ष केशव चन्द्र यादवले उनको अभियान भाजपाको ‘म पनि चौकिदार’ विरुद्ध भएको भन्दै आफ्नो अभियान भाजपामाथि भारी पर्ने बताए ।
हाल भारत बेरोजगारीको खराब अवस्थाबाट गुज्रिरहेको छ । सरकारको नीतिहरुबाट असन्तुष्ट लाखौं युवाहरुले यो ह्यासट्याग लगाएर आफ्नो पीडा बयान गरिरहेका छन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले विभिन्न चुनावी र्यालीहरुमा ‘चौकिदार चोर हो’भन्दै प्रधानमन्त्रीलाई निसाना बनाएपछि मोदीले मार्च १६ मा ‘म पनि चौकिदार’ अभियान सुरु गरेका थिए ।
मध्य प्रदेशको भाजपा महासचिव वीडी शर्माका अनुसार ‘म पनि चौकिदार’ ह्यासट्यागलाई हालसम्म ३० लाख मानिसहरुले रिट्वीट गरे ।
आइतबार साँझ ५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनकै नाममा रहेका ‘नमो’ ऐपमार्फत ५०० स्थानहरुका भाजपा कायकर्ताहरुसँग संवाद गर्ने योजना छ ।