१३ बैशाख २०८१, बिहीबार
Follow Us

ओखलढुङगामा जिप दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत

sarusaru
१७ चैत्र २०७५, आईतवार ११:५४

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ मा जिप दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय वाङ्दा शेर्पा, ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त जिपका चालक काठमाडौं बौद्धका अन्दाजी २५ वर्षका कृष्ण श्रेष्ठ रहेका छन् ।
काठमाडौं बौद्ध बस्ने मृतक डोमा शेर्पाका अन्दाजी १० वर्षका छोरा ङिमा शेर्पा र काठमाडौं नयाँवस्ती बस्ने अन्दाजी ४५ वर्षका कुङसिङे शेर्पाको अवस्था गम्भीर छ ।
आइतबार बिहान सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं जाँदै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप मानेभञ्ज्याङ गाउँपालिकाको दरुवामा दुर्घटना भएको हो । घाइतेको उदयपुरको घुर्मीस्थत आस्था हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।