१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बारामा भीषण आँधी, कम्तीमा २५ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार १८:१२

काठमाडौं–बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको जानकारी दिए ।
उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए ।
उनका अनुसार जिल्लाका विभिन्न भागमा आँधीले व्यापक क्षति पुर्याएको छ । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।
यसैबीच आँधीका कारण पर्सामा पनि एक जनाको मृत्यु भएको खबर छ ।