१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वराजाबाट सर्वसाधरणलाई टीका

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७३, मंगलवार २०:१४

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिनुभएको छ ।

निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिनुभएको थियो ।

टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो ।

सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाउनुभएको थियो । त्यसक्रममा उहाँहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ । रासस