११ बैशाख २०८१, मंगलवार
Follow Us

बारामा आएको भीषण आँधीपछि प्रधानमन्त्रीद्वारा उद्दार र राहतका लागि निर्देशन

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार १८:४९

काठमाडौं–बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २५ जनाको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मृत्युवरण गर्नेहरूप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उद्दारमा गम्भीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको भन्दै अहिले घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको जानकारी गराएका छन् ।

दुर्घटनामा हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको रिमालले बताएका छन् ।