१२ बैशाख २०८१, बुधबार
Follow Us

दाउर प्रहार गरी आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार १८:५६

रोल्पा–आफ्नै दिदी २२ वर्षीया कल्पना घर्तीलाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा रुन्टीगढी गाउँपालिका ३ सल्लीकोट बस्ने १९ वर्षीय लुमबहादुर घर्तीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ आपसी झैझगडामा कल्पनालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर अस्थायी प्रहरी पोष्ट सुर्पालमा प्राप्त हुनासाथ खटिएको प्रहरीले लुमबहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।