६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अमेरिकाको चुनावमा किर्ते फेसबुकको प्रयोग !

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार २१:००

आगामी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको निर्वाचनलाई मध्ये नजर गर्दै सामाजिक संजाल फेसबुकमा किर्ते ,जालसाजी ,नक्कली हुलिया (परिचय) बनाउने गिरोहको बिगबिगी बढेको छ ।

यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धि बिशेष ज्ञान भएका र अनुहार किताव चलाउन दक्ष नेपालीहरु नै संलग्न छन् । यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धि बिशेष ज्ञान भएका र अनुहार किताव चलाउन दक्ष नेपालीहरु नै संलग्न छन् ।

आफ्नो स्वार्थको लागि नेपालीले अमेरिकामा यस्तो घिनलाग्दो हर्कत गर्ने गर्छन भन्ने परिकल्पना गर्न सकिदैन । यो दुखद कुरा हो ।

बिशेष गरि केही आर्थिक प्रलोभन प्राप्त भएको हुन् सक्ने तथा र बिशेष आफ्ना पक्षका उम्मेदवारलाई आगामी एनआरएन अमेरिकाको निर्वाचनमा बिजयी गराउन यस्ता बेनामी किर्ते हुलियाहरु झुल्किने गरेको सजिलो संग देख्न पाइन्छ । नत्र आर्थिक लाभ अमेरिकामा नभई आफ्ना उम्मेदवारलाई जिताउन कानुन कडा भएको देशमा यसरी जोखिम लिनु निकै आँट चाहिन्छ ।

एनएनएन अमेरिकाको चुनावलाई तारो बनाउदै यसरी दिनहु एनआरएन को प्रतिक चिन्ह (लोगो )राखेर आगामी चुनावको लागि लक्षित गरेको प्रष्ट हुन्छ । विभिन्न प्रकारका तस्बिर ,अन्य चिज ,खाली र अनेक बेनामीको नाममा सामाजिक संजाल मार्फत भटाभट सलबलाई रहेको अमेरिकाका नेपाली समुदायले देख्न सक्छन ।

यो गिरोह बिगत अगाडिका दुई वटा निर्वाचनबाट नै आफ्नो विस्तार फैलाई रहेका देखिन्छ । ४ बर्ष अगाडी देखि खोलिएका यस्ता किर्ते हुलियाहरु केवल सदस्यता संख्या बढाउने र एनआरएन को नेतृत्वमा जिताउने नितान्त अभिप्राय सहित सामाजिक संजाल प्रयोग गर्ने देखिएको छ ।

अघिल्लो निर्वाचनमा यो झन् सक्रिय रहेको एनआरएन अमेरिकाको नया समितीको निर्वाचन हुने भएकोले अझ केही गिरोहबाट संचालनमा रहेका छन् । निकै सक्रिय यो गिरोह संग परिचय खोज्न सकिदैन । यस्ता बेनामी तथा शंकास्पद दैनिक रुपमा बिभिन्न नाम उपनामले देखिन्छन ।

यस्ता पनि सल्बलाउने हुनाले एक पटक विश्वसनीय व्यक्ति या समूह हो या हैन भन्ने पक्का आफैले गर्नु पर्ने हुन्छ ।

को हुन् यि समूह ?

यिनीहरु पृथक रुपमा सामाजिक संजालमा रहेता पनि एक आपसमा गासिएका छन । संजाल बनाएर बसेका छन् । सामाजिक संजालका उस्तादहरु हुन् । एक भत्काउने गिरोह हो ।

के को लागि यसरी सामाजिक संजाल भर बिगबिगी ?

केवल आगामी एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल यिनीहरु सक्रिय हुने छन् । आफ्ना उम्मेदवारलाई सामाजिक संजाल मार्फत ब्यापक प्रचार प्रसार गर्ने र जिताउने मुख्य उद्धेश्य रहेको बुझिन्छ ।

छद्म भेष् मा किन ? किन परिचय खुलाउदैन ?

आफ्नो नाम खोल्दैनन । परिचय पनि दिदैनन । गिरोह भएकोले मात्र आफ्ना उम्मेदवार र खेमालाई बिजयी गराउनु मुख्य कार्य हो । तपाईहरु यस्ता संग नाम र सम्पर्क गर्ने कोसिस गर्नुस । सबै यस्तै ड्याङ्ग का भन्ने हैन ,केवल नाम र आफ्नो सम्पर्क माग्नु पर्छ ।

यस्ता सामाजिक संजाल किर्ते हुलिया कुन राज्य या शहर बाट संचालित छन् ?

सबै भन्दा ज्यादा यस्ता फेक आई डी बनाउने न्यू योर्क प्रथम ,दोश्रो टेक्सस र तेश्रोमा क्यालिफोर्निया बाट निर्माण हुने बुझिएको छ । तथापी बिशेष उद्धेश्य तथा आफ्ना मन परेका उम्मेदवारलाई जिताउने लक्ष्य भएकोले जुन सुकै स्थान बाट पनि यस्ता हर्कत हुन्छन । हामी सावधान हुनु पर्छ ।

बिगतमा कस्को सामाजिक संजाल चलाएका थिए ?

एनआरएन अमेरिकाकि पूर्व उपाध्यक्ष तथा अध्यक्ष कि उम्मेदवार रबिना थापा लगायत अन्यको समेत नक्कली आई डी (जालसाजी हुलिया) बनाई संचालन गरि रहेको बुझिएको छ ।

नक्कली ,किर्ते तथा जालसाजी हुलियासंग कसरी बच्ने ?

एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल सतर्कता हुने । नचिनेको कोही संग पनि नजोडिने । साथीभाई तथा सार्वजनिक रुपमा यस्तो आएको छ भनि सार्वजनिक गर्ने । कानुनी देश भएकोले र आफ्ना सूचना प्रविधि (आइटि) का विज्ञ तथा सामाजिक संजालमा आफू भन्दा जान्ने संग सम्पर्क गर्ने ।
– enepalese.com