१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रस्तावित दुई ग्रेड सुविधाले सुरक्षाकर्मी बेखुश

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार ०३:०३

काठमाडौँ–पदोन्नति (बढुवा) को ‘लाइन’ मा रहेका प्रहरी अधिकारीहरु समायोजनपछि अवसर गुम्ला भन्ने चिन्तामा छन् । नेपाल प्रहरीको समायोजनका लागि बनेको विधेयकले बढुवाको सट्टा दुई ग्रेड थपको विकल्प दिएपछि प्रहरीमा यस्तो चिन्ता देखिएको हो ।
विधेयकले नेपाल प्रहरीका कर्मचारीहरुलाई केन्द्र (संघ) र प्रदेश गरी दुई तहमा समायोजन गर्ने व्यवस्था गरेको छ । प्रदेश रोज्ने कर्मचारीका लागि आकर्षक कार्यक्रम स्वरुप हाल खाइपाई आएको ग्रेडमा दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको छ ।
सरकारले विधेयक छलफलका लागि संसद्मा दर्ता गरेको छ । निजामती सेवाका कर्मचारीलाई जस्तै पदोन्नति, ग्रेड थप र प्रदेश छान्न पाउने अवसर दिनुपर्ने कतिपय प्रहरी अधिकारीको भनाइ छ । ‘यो विधेयकले त प्रहरी कर्मचारीको मनोवल उच्च राख्न कठिन छ,’ प्रहरी प्रधान कार्यालयका एक प्रहरी नायव महानिरीक्षकले नाम उ्रल्लेख नगर्ने सर्तमा भने ।
प्रहरीको पेन्सन सेवा अवधि १८ वर्षबाट घटाउनु पर्ने, एक तह पदोन्नति गर्नुपर्ने, प्रहरी जवानलाई खरिदार सरहको सेवा सुविधा उपलब्ध गराउनु पर्ने र श्रीमान्–श्रीमतीलाई एउटै प्रदेशमा बस्ने अवसर प्रदान गर्दा सङ्गठनलाई बल पुग्ने उनले बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।