१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मलेसियाको कलिङ भिसा खुल्यो, ७ हजार कामदार जान पाउने

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार ०३:२२

काठमाडौं – कलिङ (प्रवेश) भिसा प्राप्त गरेर १० महिनादेखि रोकिएका करिब ७ हजार नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आइतबार मलेसियाको गृह मन्त्रालयबाट गत जेठमा जारी कलिङ भिसा प्राप्त कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंस्थित मलेसियाली दूतावासबाट कलिङ भिसा स्वीकृत गराउने जिम्मेवारी लिएपछि विभागले श्रम स्वीकृति दिएको हो ।
विभागले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयलाई श्रम स्वीकृति दिन आइतबारै पत्र पठाएको छ ।
‘श्रम समझदारीको भावना र मर्मअनुसार व्यवसायी संघले काठमाडौंस्थित मलेसियाली दूतावासबाट भिसा लगाउन समन्वय गर्ने लिखित जिम्मा लिएको हुँदा कलिङ भिसा पाएका कामदारलाई मात्रै स्वीकृति दिने बाटो खुला गरिदिएको छ,’ विभागका प्रवक्ता भोलानाथ गुरागाईंले भने, ‘नयाँ कामदारको हकमा प्राविधिक पाटो टुंग्याएपछि मात्रै श्रम स्वीकृति मिल्नेछ ।’

द्विपक्षीय श्रम समझदारी भएलगत्तै दुई देशका अधिकारीबीच सम्पन्न पहिलो प्राविधिक बैठकमा नेपालले कलिङ भिसा पाएका कामदारलाई श्रम स्वीकृति दिने र मलेसियाले म्याद सकिएको कलिङ भिसालाई नवीकरण गर्ने सहमति गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।