१३ बैशाख २०८१, बिहीबार
Follow Us

आँधी प्रभावितको उद्धार र राहतमा जुट्न एनआरएन उपाध्यक्ष पन्तको आह्वान

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार ०३:५५

काठमाडौं– बारा र पर्सामा आएको भीषण आँधीबाट प्रभावितहरुको राहत र उद्दारमा जुट्न एनआरएन उपाध्यक्ष कुमार पन्तले आह्वान गरेका छन् ।
हाल काठमाडौंमा रहेका पन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू प्रभावित क्षेत्र तर्फ जान लागेको भन्दै आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन गैरआवासीय नेपाली संघका सम्पूर्ण एकाइ र सदस्यहरुमा अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘बारा र पर्सामा भीषण आँधीका कारण कम्तीमा २५ को मृत्यु, सयौँ घाइते र कयौँ परिवार घरबारविहीन भएको खबर छ । यस अकल्पनीय घटनाले निम्त्याएको विपत्तिमा उद्धार र राहतमा जुट्नु हामी सबैको कर्तव्य हो । म पनि केहीबेरमा प्रभावित क्षेत्रतर्फ जाँदै छु । आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन गैरआवासीय नेपाली संघका सम्पूर्ण एकाइ र साथीहरूमा हार्दिक अपिल गर्दछु । ’

आइतबार साँझ आएको आँधीका कारण अहिलेसम्म मृतकको संखया ३१ पुगेको छ भने ५०० बढी घाइते भएका छन् ।