१२ बैशाख २०८१, बुधबार
Follow Us

१० खेलाडी महंगोमा बिके, कसको मूल्य कति ?

sarusaru
१८ चैत्र २०७५, सोमबार ०५:५४

काठमाडौं –आागामी बैशाखमा आयोजना विराटनगरमा हुन लागेको महिला टी–२० फ्रेन्चाईज क्रिकेट लिगका लागि अक्सनबाट खेलाडी छनोट गरिएको छ । आयोजकले एनसीएल स्पोर्टस् प्रालिले आइतबार काठमाडौंमा अक्सनबाट खेलाडी छनोट गरेको हो । सहभागिताको लागि आवेदन दिएका कूल ८० खेलाडीबाट सहभागी चार टोलीले अक्सनमा आधारमा प्रत्येक टोलीमा १३÷१३ जना खेलाडी छनोट गरेका हुन् । अक्सनमा १० जना खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा विक्री भए ।

अक्सनमा अधिकांश राष्ट्रिय टोलीका रहेका खेलाडी सर्वाधिक ७५ हजारमा विकेका हुन् । अक्सनबाट अलराउन्डर काजोल श्रेष्ठ र अप्सरी बेगमलाई बिराटनगरले, कविता कुँवर र ज्योती पाण्डेलाई धनगढीले, ब्याट्सवुमन ममता चौधरी, सरिता मगर र रोमा थापालाई काठमाडौंले, तीव्रगतिकी बलर सोनु खड्का, इन्दु बर्मा र विन्दु रावललाई भैरहवाले किनेको छ । मार्की खेलाडी र टोलीको मालिक यसअघिनै सार्वजनिक गरिएको थियो ।

लिगमा काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमन्स, विराटनगर रोयरिङ लायन्स र भैरहवा क्विन्स गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । अक्सनमा ए, बी र सी गरी तीन श्रेणीका खेलाडीलाई समावेश गरिएको थियो । जसमा ए को मूल्य न्युनतम ४० हजार देखि अधिकतम ७५ हजार, बी को मुल्य न्युनतम २५ देखि ५० हजार र सी को मुल्य १५ देखि २५ हजार रुपैयाँ राखिएको थियो ।

आयोजकले एक टोलीलाई खेलाडी किन्न कूल ६ लाख ५० हजार रुपैयाँ सम्म लगानी गर्ने आधार तय गरेको थियो । काठमाडौंको मालिक नायिका रेखा थापा र मार्की खेलाडीमा नेरी थापा छिन् । भैरहवाको मालिकमा अनिल भण्डारी र दीपक सुवेदी तथा मार्की खेलाडीमा रुविना क्षेत्री, विराटनगरको मालिकमा अनुप सक्सेना र मार्की खेलाडीमा करुणा भण्डारी छन् । धनगढीको मालिकमा हरि खनाल र मार्की खेलाडीमा सिता रानामगर रहेका छन् । मार्की खेलाडीको मुल्य एकलाख रहेको छ । लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

कसको मुल्य कति ?

विराटनगर रोयरिङ लायन्स : काजल श्रेष्ठ (७५ हजार),अन्जली चन्द (५० हजार), किर्तीका मोरासैनी (२५ हजार) अनुराधा चौधरी (३५ हजार), अश्मिना कर्मचार्य (३५ हजार) सन्जु लामा (१५ हजार), सुस्मा श्रेष्ठ (१५ हजार), अप्सरी बेगम (७५ हजार), सरस्वती पुन (५० हजार), रितु कुमार कोनौजिया (६५ हजार), डोली भट्ट (४० हजार), प्यारी चौधरी (२५ हजार) र राजमती ऐरी ( १५ हजार) ।

काठमाडौं सुपर च्याम्पियन : सुमन खतिवडा (५० हजार), ममता चौधरी (७५ हजार) ईश्वरी विष्ट (१५ हजार), रेवती धामी ( ५० हजार), सरिता मगर(७५ हजार), रोमा थापा (७५ हजार) सुमन बिष्ट (५० हजार), कीर्ति शेन (२५ हजार), मन्जु कुमारी बोकटी (५० हजार), लक्ष्मी चौधरी (४० हजार ) सिमा भण्डारी (१५ हजार), शान्तिकुमारी चौधरी (२५ हजार) ।

धनगढी वन्डर वुमन : कविता कँवर (७५ हजार रुवि पोदर (२५ हजार) मनिषा राना (२५ हजार)जोती पाण्डे( ७५ हजार),समबन राई (७० हजार),संगिता राई (४० हजार)रेखा रावल(५० हजार) आरती बिडारी (४० हजार), रोशनी बोहरा(२५ हजार), कञ्चन श्रेष्ठ(१५ हजार), निशा भट्ट(१५ हजार), सिमाकुमारी कुँवर (१५ हजार), अस्मिता खरेल (२५ हजार)

भैरहवा क्विन्स : सरस्वती कुमारी चौधरी (४० हजार), नितु भण्डारी (४३ हजार), सोनु खड्का (७५ हजार), इन्दु बर्मा (७५ हजार), एलिसा केसी (४७ हजार), कबिता जोशी (५० हजार), रश्मीशर्मा चौलागाई (५० हजार), बिन्दु रावल (७५ हजार), लक्ष्मी साउद (१५ हजार), ममता थापा (२५ हजार), सन्तोषी कुमारी चौधरी (१५ हजार), शर्मिला रोकामगर (२५ हजार) र नबिन खड्का (१५ हजार) ।